Breaking

प्राकृतिक विपद्का घटनामा परि अहिलेसम्म १३२ जनाको मृत्यु


काठमाडौं । देशभर आएको बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परि अहिलेसम्म १३२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म काठमाण्डौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएकोछ ।

अहिलेसम्म ६४ जना अझै बेपत्ता रहेका छन् । अझै ६१ जना घाइते भएका छन् । सुरक्षाक्रमिबाट अहिलेसम्म ३ हजार ६२६ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सेनाको हेलिकप्टरबाट आज बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट जोखिममा परेको १९३ जनाको सकुशल गरिएको मन्त्रालयले जनाएकोछ ।