देश

राष्ट्र बैंकबाट दसैँ लक्षित सफा र सुकिला नोट सटही सुरू


काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो नोट सटही सुरु गरेको छ ।

राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिने राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलले जनाएको छ ।

नोट नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित कार्यालय तथा बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत नोट सटही गर्ने व्यवस्था मिलाइएको पोखरेलले जानकारी दिए ।

बैंकले यसपालिको दसैं तिहारमा नयाँ नोट नछापेका कारण त्यसको सट्टा सुकिला नोट दिने व्यवस्था गरेको हो।