Breaking

राहत कोषमा कांग्रेसको ५० लाख, कोजाग्रत पूर्णिमासम्मका कार्यक्रम स्थगित


काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको केन्द्रिय सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि बोल्दै नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताए ।

निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताएकाछन् । ५० लाखमा सहयोग गर्न काँग्रेस सांसदहरुले १५ दिनको तलव उपलब्ध गराउने पनि निर्णय भएको प्रवक्ता महतले बताएकाछन् ।


काँग्रेसले राष्ट्रिय विपत्तिमा समग्र पार्टीहरु, सरकार, नागरिक समाज सबै एक भएर उद्धार कार्यमा संलग्न हुन आह्वान गरेको छ । एक महिने संगठन परिचालनकोजाग्रत पूर्णिमासम्म स्थगन गरेको छ ।

०००