Breaking

बाढीपहिरो र डुबानबाट ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता, आजदेखि मौसम सुधार हुने


काठमाडौँ— भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट हालसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ।

काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, ललितपुरमा १८ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय भन्दा बढी घाइते भएका छन्।सरकारले वर्षा सम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।