Breaking

सुनकोशीको बाढीले बगायो खुर्कोट पुल


काठमाडौँ – भिषण वर्षाका कारण सुनकोशीमा आएको बाढीले खुर्कोटको पुल बगाएको छ ।

यो पुल खुर्कोटबाट रामेछाप, दोलखा, ओखलढुंगा जोड्ने सडकमा निर्मित थियो । जसका कारण आवागमन प्रभावित हुने छ । त्यहाँ नजिकै रहेको झोलुंगे पुल पहिला बगाएको र त्यसपछि खुर्कोट बगाएको हो ।

पुलको क्षतिग्रस्त बनेपछि रामेछाप, दोलखा ओखलढुङा जाने सडक बन्द हुने अवस्था आउन सक्ने बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जानकारी दिए । त्यस्तै, रामेछापको हातेचौर र मन्थली विमानस्थलमा पनि तामाकोशीको बाढी पसेको उनले बताए ।