Breaking

कान्ति लोकपथमा पर्ने बागमतीको पुल बाढीले भत्कायो


काठमाडौँ – हेटौँडालाई राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको कान्तिलोकपथको बागमती नदीको पुल बाढीले भत्काएको छ।

मकवानपुरस्थित भीमफेदी गाउँपालिका ८ बगुवामा पर्ने बागमती नदीको पक्की पुल बाढीले भत्काएको हो। बगुवा मकवानपुर र ललितपुरको सीमा क्षेत्रमा पर्छ।

विगत दुई दिन देखिको अविरल वर्षाका कारण आएको बाढीले बागमती पुलमा क्षति पुर्याएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए।

अध्यक्ष लामाका अनुसार तत्काल सामान्य क्षति पुर्याएपनि केहीबेरमा पुल बगाउनसक्ने सम्भावना बढेको छ। बागमती नदीमा पानीको बहाव बढ्दा पुलमाथिसम्म बाढी आएको अध्यक्ष लामाले बताए।