Breaking

नागार्जुनमा पहिरोले घर भत्किँदा १ जनाको मृत्यु, ३ जना बेपत्ता


काठमाडौँको नागार्जुनमा पहिरोलले घर भत्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना पुरिएर बेपत्ता भएका प्रहरीले जनाएको छ।

नागार्जुन नगरपालिका-३ इचङ्गु नारायण मन्दिर नजिक घर भत्किँदा ५५ वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको सनाखत भएको छैन। भत्किएको घरमा अन्य तीन जना पुरिएका छन्। घटनास्थलमा अहिले सशस्त्र प्रहरीको मुख्यलयबाट एम्बुलेन्स सहितको टोलि परिचालन भएको छ।