Breaking

नख्खु खोलाले बगाउँदा ललितपुरमा ४ जना बेपत्ता, गोदाबरीमा पहिरोले ३ जनालाई पुर्‍यो


काडमाडौँ – ललितपुरमा नक्खु खोलाले बगाउँदा चारजना बेपत्ता भएका छन्। ललितपुर महानगरपालिका १४ नखिपोटस्थित कान्तिपुर कोलोनि नजिकबाट नख्खु खोलाले बगाउँदा एक महिला, दुई पुरुष र एक बालक बेपत्ता भएका हुन्।

उनीहरुको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन। बेपत्ताहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। त्यसैगरी ललितपुरको गोदावरीमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्।

गोदावरी नगरपालिका-६ स्थित टिकाभैरवमा रहेको लेप्रोसी हस्पिटलमा पहिरो जाँदा तनिजना पुरिएका हुन्। उनीहरुको उद्धार कार्यको लागि सशस्त्र प्रहरी खटिएको छ।

त्यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका २ स्थित इमाडोलमा रहेको समेन्द्र सेतु मावि डुबानमा पर्दा ५ जना पसेका छन्। उनीहरुको उद्धारमा प्रहरी परिचालन भएको छ। त्यसैगरी ललितपुर महानगरपालिका २ स्थित नख्खु इलाका डुबानमा पर्दा फसेकाको पनि उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ।