Breaking

काठमाडौँ – हेटौँडा जोड्ने दुवै सडक पहिरोले अवरुद्ध


काठमाडौँ – आवतजावत गर्ने छोटो दूरीका दुवै सडक अवरुद्ध भएका छन्। बिहीबार रातिदेखि परेको भारी बर्षाका कारण सडकमाथिबाट पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका दुवै सडक अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बिहीबार राति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सुकौरामा पहिरो खस्दा भीमफेदी–कुलेखानी–काठमाडौँ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यसगरी हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कान्तिलोकपथ पनि बिहीबार बिहानैदेखि अवरुद्ध छ।

बुधबार राति मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ घट्टेपाखामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। अविरल वर्षापछि माथीबाट पहिरो आएर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो अझै हटाउन नसकिएको मकवानपुर प्रहरीको भनाई छ।