Breaking

चट्याङ लागेर छोराको मृत्यु, आमा र छोरीको उपचार जारी


काठमाडौँ – दाङमा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

दुई जना घाइते छ‍न्। उनीहरूको उपचार भइरहेको छ। उनीहरू एकै परिवारका हुन्। चट्याङ लागेर छोराको मृत्यु भएको र आमाछोरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर ११ खुङकोटका ३ वर्षीय समीर साहुको मृत्यु भएको हो। उपचारका क्रममा उनको बुधबार बिहान तुलसीुपरस्थित राप्ती प्रादेशकि अस्पतालमा मृत्यु भएको हो।

मंगलबार दिउँसो घरमै बसिरहेका बेला ४२ वर्षीया आमा निमकला साहु, ६ वर्षीया छोरी सविना र ३ वर्षीय छोरा समीर घाइते भएका थिए। उनीहरूलाई सुरूमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो।

बुधबार बिहान प्रतिष्ठानले तुलसीपुरको प्रादेशिक अस्पतालमा रिफर गरिदिएको थियो।