बिजनेस

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार


काठमाडौँ— नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ४० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।