Breaking

दुर्गा प्रसाई तीन दिन हिरासतमा रहने


काठमाडौं । विवादास्पद मेडिकेल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।


आज दिउँसो पक्राउ परेका प्रसाईंलाई साइबर ब्युरो हुँदै काठमाडौँ जिल्ला अदालत लगिएको थियो । जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो ।

प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए। सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।