Breaking

चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो छ

जनताले दोहो¥याएर दिएको मतको रविले अपमान गरे


काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति एवं पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको सिफारिस गरेको छ ।

समितिको सिफासिरसँगै अहिले समाज दुईतिर विभाजित छ । एउटा पक्षले रवि लामिछानेले सहकारीबाट सोझै रकम लिएको प्रमाण नभेटिएको भन्दै रवि निर्दोष रहेको बताइरहेका छन् । तर अर्को पक्षले भने रवि लामिछानेले सहकारीको रकम गोरखा मिडियाबाट लिएर अपचलन गरेको र समितिले पनि कारबाहीको सिफारिस गरेको भन्दै कारबाही हुनुपर्ने धारणा व्यक्त गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता र पार्टी सभापति लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले लगायतले सभापति लामिछानेले क्लिन चिट पाएको धारणा व्यक्त गरिरहेका छन् । समितिको गठनको समयमा कार्यादेश बनाउँदा व्यक्तिमँ केन्द्रित नभइ गोरखा मिडियामा मात्रै छानविन गर्न पाइने नियम बनाइएको थियो । सोहीअनुसार समितिले गोरखा मिडियामा सहकारीबाट विभिन्न रुपमा रकम ल्याइएको प्रमाणसहित सञ्चालकहरुलाई कारबाहीको सिफारिस गरेको छ ।

लामिछानेलाई निर्वाचित गराउने चितवन निर्वाचन क्षेत्र नम्बर २ का मतदाताहरुसँग कुराकानी गरेको छ । जसमा चितवन क्षेत्र नम्बर २ का जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सांसद बनाएकोमा पश्चाताप गरेका छन् । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीमा ठगी गरेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेसँगै चितवन क्षेत्र नम्बर २ का जनताले लामिछानेलाई सांसद बनाएकोमा पश्चाताप गरेका हुन् । पत्रकारिता छाडेर राजनीतिमा आएका लामिछाने संसदीय राजनीतिमा प्रवेश गरेका दिनदेखि विवादित रहे ।

राजनीतिमा प्रवेश गरेसँगै नागरिकता, रहदानी प्रकरणदेखि सहकारी रकम अपलचन तथा ठगी काण्डमा समेत विवादित बन्न पुगे । सहकारी रकम ठगी प्रकरणमा दोषी देखिएसँगै चितवन २ का मतदताले दोहो¥याएर भोट दिएकोमा पछुतो लागेको गुनासो गरे । मतदाताहरुले पत्रकारिताका माध्यमबाट देश र जनताको लागि गरेका कामको आधारमा भोट दिएपनि पछिल्लो समयमा जनताले सहकारीमा राखेको रकम ठगी प्रकरणमा दोषी देखिँएसँगै पछुतो लागेको बताए । उनीहरुले लामिछानेले सहकारीको रकम ठगी गरेर चितवनका जनताले दोहो¥याएर दिएको मतको अपमान गरेको दाबी गरे । राजनीतिमा जनताको वितृष्णा जागृत भएको समयमा केही आशा लागेर जनताले मत दिएपनि लामिछानेले सहकारीमा गरिव जनताले राखेको रकम अपचलन गरेर राम्रो नगरेको बताए ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीको रकम अपचलनमा दोषी देखाएसँगै चितवन २ सहकारी ठग सांसदको क्षेत्र भन्दा नराम्रो लाग्ने गरेको बताए । उनीहरुले चितवन २ सहकारी ठग सांसदको क्षेत्र भनेर चर्चा हुँदा किन मत दिएर सांसद बनाइएछ? भन्ने आफैँलाई हिनताबोध हुने सांसद लामिछानेले चितवनका जनतालाई बनाएको उल्लेख गरे । पछिल्लो समय चितवन क्षेत्र नम्बर २ का टोल, चोक, पसल, खेत, घर र बारीमा लामिछानेकै चर्चा हुने गरेको छ ।

भरतपुर महानगर पालिका वडा नम्बर १० का रचन कार्कीले रवि लामिछानेलाई चितवन २ बाट निर्वाचन जिताएर पठाएकोमा सहकारी काण्डमा जोडिएसँगै हिनताबोध भएको बताए । उनले चितवन २ सहकारी ठग सांसदको क्षेत्र भनेर चर्चा हुँदा पनि लामिछानेको चर्तिकलाले हिनताबोध गराएको उल्लेख गरे । उनले अब फेरि पनि निर्वाचन भयो भने जनताले तीन पटक एउटै मानिसलाई भोट नहाल्ने दाबी गरे ।

भरतपुर महानगर ११का गुणकान्त पोखरेलले पनि चितवन क्षेत्र नम्बर २ मा जनताले भगवान बनाएर पनि मतदाताको मतको अपमान गरेको बताए । उनले चितवन २ मा सांसद निर्वाचित भएपति कृष्णभक्त पोखरेल जतिको पनि केही गरेर देखाउन नसकेको बताए । रवि लामिछानेले काम भन्दा पनि बढी प्रचारबाजी बढी भएको बताए ।

त्यस्तै,भरतपुर महानगर पालिका वडा नम्बर १२ की ओसिन मगरले पनि रवि लामिछानले पत्रकारिताबाट गरेको जतिको काम सांसद भएर गर्न नसकेको बताए । सांसद तथा गृहमन्त्री भएपछि चितवन निर्वाचन क्षेत्र लगायत मुुलुकभरको लागि धेरै काम गर्न सक्नुपर्ने भएपनि त्यस्तो काम केही गर्न नसकेको बताए ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले संसदम प्रतिवेदन पेश गरेसँगै बजारमा चर्चा चलिरहेको छ । समितिले प्रतिनिधि सभामा बुझाएको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई दोषी देखाउँदै कारबाही अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो । तर सभापति लामिछाने भने समितिले क्लिन चिट दिएको भन्दै पार्टीभित्र उत्सव मनाउन व्यस्त छन् ।

समितिले प्रतिवेदनले विभिन्न सहकारी संस्थाको ६५ करोड रुपैयाँ गोरखा मिडिया नेटवर्कले हिनामिना रवि लामिछाने तत्कालिन प्रवन्ध निर्देशक रहेको निष्कर्ष निकाल्दै कारबाही अघि बढाउन सिफारिस गरेको छ ।


प्रतिवेदनमा गोरखा मिडिया नेटवर्कको प्रवन्ध निर्देशकका रुपमा लामिछानेले सहकारीबाट अवैधरुपमा आएको २२ करोड ४६ लाख रुपैयाँ खर्च गरेको ठहर गरेको छ ।