समाचार

ओखलढुंगाको सुनकोशी गाउँपालिका प्रबुद्ध माविका प्रधानाध्यापक मधुप्रसाद खतिवडा बेपत्ता


काठमाडौँ— ओखलढुंगाको सुनकोशी गाउँपालिका ७ च्यानाममा रहेको प्रबुद्ध माविका प्रधानाध्यापक मधुप्रसाद खतिवडा बेपत्ता भएका छन् । राष्ट्रिय परीक्षा बोर्डको कार्यालय लाहानबाट काम सकेर काठमाडौँ पारिवारीक भेटघाट गरेपछि ओखलढुंगा विद्यालय फर्किएका खतिवडा बीचबाटै बेपत्ता हुनु भएका हुन । परिवारसँग विदा भएर गएको २१ गते विहान हिँडेपछि नै सम्पर्कमा नभएको वडाध्यक्ष चेतबहादुर कट्वालले जानकारी दिए ।


अहिले परिवार र विद्यालय दुवैतर्फ उनको सम्पर्क नभएको विद्यालयको भनाई छ । उनलाई विद्यालय प्रशासनले एक सूचना जारी गर्दै सम्पर्कविहीन भएको र यथासक्य छिटो विद्यालयमा हाजिर हुन आउन सूचना प्रकाशन गरेको छ । साथै प्रधानाध्यापक खतिवडालाइ फेला पारेमा प्रहरी कार्यालय, आफन्त वा विद्यालय प्रशासनमा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।

सम्पर्क गर्ने नम्बरहरू
वि.ब्य.स.अध्यक्ष- रुद्रप्रसाद अधिकारी-9852840242
सुनकोशि-7 वडा अध्यक्ष – चेत बहादुर कट्वाल – 9862848203
सहायक प्रधानाध्यापक -सन्तोष बस्नेत – 9863540393