Breaking

सहकारी प्रकरणमा सफाई पाएको रविको ठोकुवा, प्रमाण छ भन्ने गगन र रमेशमाथि प्रश्न (भिडियो)

‘सीईओले चेक काट्ने हो, घाँस होइन’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगिमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएकाछन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन अनुसार आफु सहकारी ठगिमा संलग्न नभएको पुष्टि भएको बताए ।

उनले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफु प्रवन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताए । उनले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरुको भने आफु भागिदार हुने उहाँले स्पष्ट पारे ।
सभापति लामिछानेले आफूहरु सहकारी पीडतहरुको पक्षमा आवाज उठाइरहने पनि बताए ।