समाचार

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा


काठमाडौँ— सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ ।

गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

मुस्लिम धर्मावलम्बी मोहम्मद जयन्ती
लेखकको बारेमा

रासस
रासस ९राष्ट्रिय समाचार समिति० नेपालको सरकारी समाचार संस्था हो ।

लेखकबाट थप
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो रु
ज्ञज्ञ५

खुसी

ण्५

दुःखी

ज्ञज्ञ५

अचम्मित

ण्५

उत्साहित

ठड५

आक्रोशित