अन्तर्राष्ट्रिय

म्यानमार यागी आँधीमा ७४ जनाको मृत्यु


म्यानमारमा शक्तिशाली समुद्री आँधी यागीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ ।

आधिँमा कयौँ अझ बेपत्ता रहेको बताइएको छ । यागीसँग आएको मुसलधारे वर्षा, बाढी र पहिरोमा परेर जाँदा ठुलो सङ्ख्यामा हताहत भएको त्यहाँको सरकारी सञ्चार माध्यमले आजउल्लेख गरेकोछ । बाढीका कारण ४५० गाउँ र वडा डुबानमा परेको म्यानमार न्युज एजेन्सी (एमएनए)ले भनेको छ ।

बेपत्ता ८९ जनको खोजीकार्य र उद्धारको काम भइरहेको बताइएको छ । आँधीका कारण ६५ हजार घर ध्वस्त भएको एमएनएले भनेको छ ।भियतनाममा यो आँधीका कारण मर्नेको संख्या २२६ पुगेको थियो । गत हप्ता थाइल्यान्डमा पनि ९ जनाको मृत्यु भएको थियो ।