काठमाडौँ – नारायणगढ(मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालामा त्रिशूली नदीकिनारमा खसेको ट्रकका चालक यमबहादुर घले रहेको खुलेको छ। चितवन प्रहरीका अनुसार ट्रकमा भेटिएको चलानीमा चालक यमबहादुर घले उल्लेख गरिएको पाइएको हो।
ट्रक दुर्घटनापछि चालक घले त्रिशूलीमा बेपत्ता नभएर फरार रहेको अनुमान प्रहरीले गरेको छ। चालक त्रिशूलीमा परेर बेपत्ता भएजस्तो कुनै प्रमाण हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो। ट्रकमा भेटिएको सामानको चलानीमा उल्लेख नाम र मोबाइल नम्बरअनुसार ट्रक चालक घलेको खोजतलास अघि बढाइएको चितवन प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरिक्षक ९डीएसपी० भेषराज रिजालले बताए।
‘चलानीमा उल्लेख नामअनुसार चालकको नाम यमबहादुर घले भएको पाइएको छ’, डीएसपी रिजालले नेपालखबरसँग भने, ‘चालक हेटौँडाको भएको भन्ने कुरा आएको छ। चलानीमा लेखिएको मोबाइल नम्बर पनि स्विच अफ छ।’उनका अनुसार मोबाइल अफ भएका कारण ट्रक पल्टिएपछि चालक भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।दुर्घटनालाई नै प्रहरीले शंकास्पद ठानेको छ। तर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए।
हाल ट्रक धनीको समेत खोजी भइरहेको बताइएको छ। सवारीधनी फेला परेपछि बाँकी विवरण खुल्न आउने चितवन प्रहरीको दाबी छ। आइतबार ९आज० बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक सिमलतालबाट त्रिशूली नदी किनारमा खसेको हो।
प्रतिक्रिया