समाचार

धनुषामा १० जोडीको दाइजोमुक्त सामूहिक विवाह


काठमाडौँ— धनुषाको मिथिला नगरपालिका–२, बेलाचापीस्थित सतलोक आश्रमममा १० जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए ।

सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा १० नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए ।

यहाँ शुक्रबारदेखि तीनदिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । तीनदिवसीय कार्यक्रमअन्र्तगत दोस्रो दिन १० जोडीले विवाह र १७० जनाले रक्तदान गरेका छन् । तेस्रो दिन भोली (आइतबार) विभिन्न कार्य गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ । रासस