Breaking

पोखरीमा डुबेर धनगढीमा एक जनाको मृत्यु


काठमाडौँ— धनगढीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो धनगढी उपमहानगरपालिका-३ विशालनगरमा रहेको नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

तालमा डुबेका उनको शव निकालिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।