Breaking

पोखरीमा डुबेर एकै परिवारका तीन बालकको मृत्यु


धनुषा । लक्ष्मीनिया गाउँपालिका ७ स्थित सार्वजनिक पोखरीमा डुबेर एकै परिवारका तीन बालकको मृत्यु भएको छ ।

पोखरीमा बुधवार साँझ १० वर्षीय आदित्य साह, ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साहको शव फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।


मृतक तीनै बालक मामाघरमा बर्खीको भोज खान गएकाथिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।