अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ।
अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो। अमेरिकाको न्याय विभागले विमान गैरकानुनी हिसाबले १३ मिलियन डलरमा किनिएको आरोप लगाएको छ।
सो विमानलाई नियन्त्रणमा लिएर अमेरिकाको फ्लोरिडा लगिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सो विमान डोमिनिक रिपब्लिकमा किन गएको थियो भन्ने बारेमा अहिलेसम्म स्पष्ट हुन नसकेको अधिकारीहरूले बताएका छन् ।
भेनेजुएलाले भने अमेरिकाले गैरकानुनीरुपमा लगाएका बन्देजको नतिजा भएको प्रतिक्रिया दिएको छ।


प्रतिक्रिया