देश

बेरोजगारी बढ्नुमा काँग्रेस र कम्युनिष्ट पार्टीको हात छ: उपेन्द्र यादव


वीरगञ्ज । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरूको हात रहेको आरोप लगाएकाछन् ।

वीरगञ्जमा आयोजित एक कार्यक्रममा यादवले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताए । उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताएकाछन् ।

युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको उनको भनाई छ ।अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्टका धेरै नेताहरु भ्रष्टाचारमा जोडिएको बताउँदै उनीहरूले नै भ्रष्टचारलाई बढावा दिएको दाबी गर्नुभयो । भ्रष्टाचार नै काँग्रेस र कम्युनिष्टहरुको राजनीतिक तन्त्र भएको उनको आरोप छ ।