Breaking

मुनाहत्या प्रकरणको चिरफार: कारणप्रेम सम्बन्धकि चोरी ?


काठमाडौँ – अमेरिकामा ममता काफ्लेको हत्याप्रकरण सेलाउन नपाउँदै भएको मुना पाण्डेको हत्याले नेपाली समुदाय स्तब्ध छ । उनको हत्या किन भयो ?पक्राउ परेकामाथि के सम्मको कारबाही हुनसक्छ सर्वत्र चासो छ ? त्यतिमात्र नभएर हत्यारा र मुनाबीचको सम्बन्धबारेपनि विभिन्न खबर बाहिँरिदा के हो त वास्तविकता ?

अमेरिकाको टेक्सासस्थित ह्युस्टन सहरमा नेपाली विद्यार्थी मुना पाण्डेकोगोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका बबीसिंह भनिने बबी शाहमाथि अनुसन्धान जारी छ । प्रहरीले जनाए अनुसारसीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति ५१ वर्षीयशाह नै थिए । उनलाई २४ घण्टा नबित्दै नियन्त्रणमा लिएको प्रहरीले शाहलाई ह्यारिस काउन्टी जेलमा राखेको छ ।

हत्याको कारण लुटपाट भनिएको छ भने शाहविरुद्ध जघन्य हत्याको अभियोग लगाइएको छ ।
उनलाई यो अभियोगमा सेप्टेम्बर ३ अर्थात आगामीमंगलबार अदालतमा पेस गरिने छ । त्यस्तै गैरकानुनी रुपमा हतियार बोकेको अर्को अभियोग पनि उनीमाथि छ भने गैरकानुनी रुपमा गाडीमा हतियार बोकेको र हतियार कभरले नछोपी देखिने गरी राखेको अभियोगमा सिंहलाई आगामी सेप्टेम्बर ५ मा अदालतमा पेश गरिने छ ।

जसमध्ये शाहविरुद्ध लगाइएको जघन्य हत्याको मुद्दामा दोषी ठहर भएमा टेक्सासमा मृत्युदण्डसमेत हुनसक्ने प्रावधान छ । यो अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो भने टेक्सासको कानुन अनुसार अपहरण वा लुटपाटका क्रममा कसैको हत्या भएमा त्यसलाई जघन्य हत्या मान्न सकिन्छ ।


त्यस्तै चोरी वा आगजनी जस्ता अन्य अपराधको कार्यको क्रममा व्यक्तिको हत्या भएमा पनि त्यसलाई जघन्य हत्या मान्न सकिन्छ भने त्यस्तै यौन आक्रमण र बदला लिने हत्यालाई पनि यसै अन्तर्गत पर्छ । जुन अभियोगमा या त बिना परोल आजिवन जेल वा मृत्युदण्डसम्मको सजाय छ । अमेरिकामा मृत्युदण्डलाई अनुमति दिने २७ राज्यहरूमध्ये एक टेक्सास हो भने शाहलाई अब मृत्युदण्डसम्मकै सजाय हुनसक्छ ।
कसरी घटेको थियो घटना ?

२१ वर्षीया पाण्डेको अमेरिकी समयअनुसार, सोमबार साँझ साढे ५ बजे गोली हानी हत्या भएको थियो । खबर पाएलगत्तै प्रहरीसँगै घटनास्थलमा पुगेका स्वास्थ्यकर्मीले उनलाई मृत घोषित गरेका थिए । प्रहरीका अनुसार, उनको शरीरमा गोली प्रहारपछि थुप्रै चोटहरु छन् ।

सीसीटिभी फुटेजमा कैद भएका दृश्य अनुसार लुटेरा बबी शाह राति ८ः४० बजे मुनाको ढोकामा पुगेका थिए । क्लिक ह्युस्टन डटकमका अनुसार शाहले पेस्तोल बोकेको र मुनालाई पटकपटक ढोका खोल्नलाई भनेका थिए । पाण्डेले ‘ह्वाट आर यू गोइङ टु डु (के गर्न लागेको) ?’ भन्दै प्रश्न गरेको पनि सीसीटीभीको अडियोमा सुनिएको बताइएको छ ।

अनुसन्धान अधिकृतहरुलाई उधृत गर्दै लेखिएको समाचार अनुसार २१ वर्षीया पाण्डेले ढोका खोल्ने बित्तिकै शाहले उनलाई भित्र धकेलेका थिए र ढोका बन्द गरेका थिए । एक घण्टापछि शाह अपार्टमेन्टबाट निस्किएको देखिएको छ । जतिबेला उनले मुनाको कालो पर्स लिएर बाहिरिएको देखिएको छ ।

को हुन् बबी ? उनीहरुबीच पुरानै चिनजान थियो ?
एबीसी १३ डटकमले उद्धृत गरे अनुसार अभियोग पत्रमा उल्लेख भएअनुसार पाण्डे हिलक्रफ्ट स्ट्रिट रेष्टुरेन्टमा नियमित ग्राहक थिइन् । रेष्टुरेन्टका सञ्चालकसँग सोधपुछ गर्दा उनले शाहलाई चिन्ने बताएका थिए । ‘रेष्टुरेन्ट सञ्चालक र शाहबीच व्यापारिक सम्बन्ध रहेको अनुसन्धान अधिकृतहरुले भनेको समाचारमा उल्लेख छ । यसको अर्थ त्यही रेष्टुरेन्टकी नियमित ग्राहक मुना र शाहबीच पनि चिनजान हुनसक्ने आशंका गरिएको छ ।

’ यदि यो पुष्टि भए बबीले लुटपाटकै लागि हत्या गरेको मान्न सकिने अवस्था छैन । त्योभन्दा महत्वपूर्ण कुरा त बबीसिंह मुनाको रुममा एक घण्टा बसेका थिए भने कालो पर्समात्र लिएर उनी निस्किएका थिए ।

यसले पनि उनले गोली हानेर हत्या गर्न एक घण्टा किन लाग्यो ? पुरानै चिनजान भएको पुष्टि हुने आधार भेटिँदा उनीहरुबीच केही विषयलाई लिएर विवाद भएको तथा त्यसै कारण हत्याको अवस्था त आएको होइन ? प्रश्न यो पनि छ । यो प्रश्नलेउनीहरु सम्बन्धमा रहेको हुनसक्ने संकेत गर्दा उनले ढोका खोल्नु,रेन्टुरेन्टमा भेटिने गर्नुलाई बेवास्ता गर्न सकिने अवस्था छैन ।
को हुन् मुना ?
नेपालको भोजपुर जिल्ला स्थायी ठेगाना रहेकी मुना ‘एफ वान’ अर्थात विद्यार्थी भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा स्नातक तहमाअध्ययनरत थिइन् ।स्थानीय एक स्टोरमासमेत उनी काम गर्दै आएकी थिइन् ।अमेरिकाको नेपयोर्क पत्रिकाले उनी एक अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा भएको दाबी गरेको छ ।