Breaking

पाँचथर विस्फोटमा घाइते दुई बालबालिकाको मृत्यु


काठमाडौँ— पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा हिजो भएको विस्फोटमा परी घाइतेमध्ये दुई बालबालिकाको मृत्यु भएको छ ।

घटनामा घाइते दिलीप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार प्रिन्साको उपचारका लागि लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय आइतराज केरुङको घरमा हिजो भएको विस्फोटमा चारजना बालबालिका घाइते भएका थिए । ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रहरीका अनुसार ग्रिनेडजस्तो देखिने वस्तु विस्फोट भएको थियो ‌ । यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ‌ ।