Breaking

प्रकाशलाई साहूले दिने भए १० लाख

yohokhabar

काठमाडौँ— ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ (काले)लाई साहूले १० लाख दिने भएका छन् ।
चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन् । त्यस्तै गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ ।
साहूले भने प्रकाशको बैंक खाता खोल्नासाथ १० लाख र गाउँपालिकाले थप १ लाख दिनेछौं ।

यस अघि प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए । प्रकाशलाई काठमाडौँमा प्रधानमन्त्रीसँग भेटाएर भोजपुर पठाइने भएको छ।