काठमाडौं । नाडा अटो सो आजदेखि सुरु हुँदै छ ।
भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन हुने १६औँ संस्करणको अटो सो उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्दै छन् । अटो सोमा विभिन्न ब्राण्डका सवारी साधन प्रदर्शनीमा राखिएको छ । उपभोक्ताको क्षमता अनुसार न्यून मूल्यदेखि उच्च मूल्यका लक्जरियस सवारी साधनसम्म रहेका छन् ।
२३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ ब्रान्डका हलुका कमर्सियल गाडी, १६ वटा कम्पोनेन्ट ब्रान्ड र सातवटा बैंक तथा इन्स्योरेन्स कम्पनीका स्टल रहने नाडाअटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ । नेपाल भित्रिएका अधिकांश विद्युतीय अटोमोबाइलले अटो सोमा भाग लिएका छन् ।
पछिल्लो समय नेपालमा प्यासेन्जर कार र माइक्रो, पिकअप भ्यानलगायत हलुका कमर्सियल सवारी साधनमा विद्युतीय ब्रान्डको प्रयोग बढेको छ ।
प्रतिक्रिया