Breaking

देशैभरको मौसम बदली, आज कुन–कुन प्रदेशमा वर्षाको अनुमान ?


काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभावले विभिन्न स्थानमा सामान्यदेखि मध्यम बर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपासमा अवस्थित छ ।

आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली भइ अहिले कोसी प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोसी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ । आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

भोली लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पछिल्लो २४ घण्टामा कोसी, बागमती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सो क्षेत्रमा हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महासाखाले अनुरोध गरेको छ ।