समाचार

थामेका बाढीप्रभावितलाई पाहिला पाहिलाको आशाद्वारा आर्थिक सहयोग


काठमाडौँ— सोलुखुम्बुको थामेका बाढी प्रभावितहरूलाई विभिन्न संस्थाले आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ । लामो समयदेखि समाज रुपान्तरणको क्षेत्रमा योगदान पु¥याउँदै आएको पाहिला पाहिलाको आशा नामक संस्थाले थामेका बाढी प्रभावितहरूलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संस्थाका नेपाल प्रतिनिधि पासाङ लामाका अनुसार पाहिला पाहिलाको आशा र सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा आर्थिक सहयोग गरिएको हो । सोलुदुधकुण्ड नगरपालिकाको १० लाख र अन्यबाट संकलित एक लाख पनि हस्तान्तरण गरिएको छ ।

यसअघि पनि मुस्ताङ, जाजरकोट, सिन्धुपाल्चोक लगाायतका जिल्लामा बाढीपीडित तथा भूकम्पपीडितलाई सहयोग गरेको पाहिला पाहिला संस्थाका अध्यक्ष डाक्टर पासाङकाजी लामाले बताउनुभयो ।

गत साउन ३२ गते खुम्बुको थामेमा हिमपहिरो विस्फोट हुँदा गेग्रान र ढुंगासहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्यचौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रूपमा क्षति भएको छ । ९५० किलोवाट क्षमताको जलविद्युत् परियोजनामा समेत क्षति पुगेको छ ।