Breaking

विपद्‍का घटनामा मृत्यु हुनेको संख्या १ सय ९० पुग्यो


काठमाडौँ । बाढी, पहिरो लगायतका विपद्‍का घटनामा परी मनसुन सुरुभएयता हालसम्म १ सय ९० जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९० जनाको मृत्युभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सोही अवधिमा काठमाडौं उपत्यकामा देशभर २ सय ३८ जना घाइते भएका छन् भने १ सय १४ जनाको उद्दार गरिएको प्रहरीको तथ्याङक छ ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका छन् ।

यसैबीच बाढीका कारण सोमबारसम्म जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय २७ वटा घर, १ सय १२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको कार्यालयले जनाएको छ ।