देश

यमराजको पूजा गर्ने ज्योतिष धरौटीमा छुटे


काठमाडौं । नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको अभियोगमा पक्राउ परेका ज्योतिष पुस्कर खतिवडा धरौटीमा छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतले २५ हजार धरौटीमा छाड्न दिएको आदेशअनुसार उनी रिहा भएका हुन् । खतिवडाले फेसबुकमार्फत लाइभ गरेर भीआईपीको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आव्हानसमेत गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रवीन्द्रनाथ पौडेलले जानकारी दिनुभयो ।


२८ वर्षीय खतिवडाले सामाजिक सञ्जालमा आवेगमा लेखेको बयान दिएका छन् ।