Breaking

एक वर्षमा १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रियो


काठमाडौं । गएको आर्थिक वर्ष २०८०÷८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यो विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा भने रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो ।

गएको एक वर्षको अवधिमा वैदेशिक रोजगारीका निम्ति अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख ६० हजार १०३ छ ।

नयाँ र पुराना गरी एक वर्षमा करिब सात लाख ४१ हजार नेपाली वैदेशिक रोजगारीमा आबद्ध रहेको देखिन्छ ।

गत वर्ष खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।