काठमाडौँ— सोलुखुम्बुमा गएको भेलबाढीबाट विस्थापित परिवारलाई बसोबासका लागि ५० हजार रुपैयाँ राहत उपलब्ध भएको छ।
खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं. ५ थामेमा शुक्रबार दिउँसो गएको भेलबाढीबाट १५ परिवार विस्थापित भएका छन्।
पालिकाले ती १५ परिवारको बसोबासका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। पूर्ण रूपमा घर क्षति भएका १५ परिवारका लागि गृह मन्त्रालयले पनि १५ हजार रुपैयाँ वितरण गरेको छ।
त्यस्तै आंशिक क्षति भएका ३० घर परिवारलाई प्रति परिवार १० हजार रूपैयाँ राहत वितरण गरेको छ। साथै सबै पक्षबाट बाढीबाट क्षेतीग्रस्त पुर्वाधार पुन निर्माणको लागि आवश्यक पहल गरिने भएको पनि पालिकाले जनाएको छ।
आज नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र प्रशासनका प्रतिनिधिहरूले भेलबाढीले क्षति पुर्याएको ठाउँमा पुगेर पीडित परिवारसँग भेटघाट गरेको थियो।
प्रतिक्रिया