समाचार

सोलुखुम्बुको थामे आसपास भीषण बाढी, उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौँ— सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे आसपास भीषण बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले जोरसल्लेदेखि तल दूधकोसीको तटीय क्षेत्रमा हुनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

थुलुङ दुधकोसी गाउँपालिकाले एक सूचनामार्फत थामे क्षेत्रमा आएको बाढीको कारणले केही घर बगाइसकेको सूचना प्राप्त भएको जनाएको छ । गाउँपालिकाले दूधकोसी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत र सुरक्षित स्थानमा अस्न आग्रह गरेको छ ।

विज्ञहरुले भने हिमताल फुटेको अनुमान गरेका छन् । जलवजायु विज्ञ धर्मराज उप्रेतीले सामाजिक सञ्जालमा त्यस क्षेत्रमा वर्षा भएको अवस्था नहुनाले हिमताल फुटेको वा पहिरोले नदी केही समय थुनिएर आएको हुन सक्ने बताएका छन् ।