काठमाडौँ— ग्लोकल टीन हिरो नेपाल १०औं संस्करणमा आवेदन दिने प्रतिभावान किशोरकिशोरी बाट उत्कृष्ट
२० घोषणा गरिएको छ।
ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र
उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्य र अद्वितीय प्रतिभालाई पहिचान
गराउन एक मञ्च प्रदान गर्दै आएको छ। ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ।
देशभरिबाट आएको ७०९ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२४ को लागि उनीहरूले
उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २०अन्डर२०
चयन गरिएको छ। देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग विभिन्न सँघसंस्थाहरु
साझेदारका रुपमा जोडीएका छन्। ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा गु्रप सँग साझेदारी
गरेको छ ।
उत्कृष्ट ६ को घोषणा अगस्ट २० तारिकमा हुनेछ र चयन भएका युवाहरुको सम्मान सेप्टेम्बर १, २०२४
मा हुने ग्लोकल टिन हिरो अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने छ।
प्रतिक्रिया