Breaking

शेयर बजारमा २७ अर्बमाथिको ऐतिहासिक कारोबार


काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से बजारमा आज उच्च कारोबारको अर्काे रेकर्ड बनेको छ । नेप्से साढे दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

नेप्से ७० अङ्कभन्दा धेरैले बढेर २९ सय विन्दुभन्दा माथि पुग्दा २७ अर्ब रुपैयाँभन्दा धेरैको ऐतिहासिक कारोबार भएको छ । शेयर बजारमा हिजो भएको २५ अर्ब ७७ करोड रुपैयाँको कारोबारको रेकर्ड आज नै तोडिएको हो ।

आज तीन सय ३९ वटा कम्पनीका ६ करोड ४८ लाख कित्ता शेयर २७ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् ।

उच्च कारोबारको रेकर्ड बनेको दिन नेप्से ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ विन्दुमा पुगेको छ ।