काठमाडौँ— गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीजल घुम्न गएका एक युवा मृत भेटिएका छन् ।
मृत फेला पर्नेमा महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल छन् । उनी आज मृत अवस्थामा भेटिएका हुन् ।
सुन्दरीजल घुम्न गएको बेला बिहीबार साँझ घट्टेखोलामा खसेर उनी बेपत्ता भएका थिए । पौडेल वेपत्ता भएको भन्ने खबर आएपछि प्रहरी वृत्त बौद्धको घटनास्थल पुगेर खोजीमा जुटेको थियो । सो क्रममा आज उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया