काठमाडौँ— बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । वडा नम्बर १० मा ६ जना र वडा नम्बर ९ मा २ जना गरी आठ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
बडीगाड गाउँपालिका १० मा मंगलबार बिहान घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२/१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो ।
यसैगरी संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा घाइते भएका छन् । यसैगरी वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ । घाइतेहरुलाई उद्धार गर्न जिल्ला सदरमुकामबाट हेलिकोप्टर पठाउन लागिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
प्रतिक्रिया