काठमाडौँ – डेंगी संक्रमणबाट एकजनाको मृत्यु भएको छ । तनहुँका संक्रमित पुरुषको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०का निर्देशक डा. यदुचन्द्र घिमिरेले बाह्रखरीलाई जानकारी दिए ।
यो अगस्टका पाँच दिनमा देशभर ११७ डेंगी संक्रमित थपिएका छन् । जनवरीयता डेंगी संक्रमित हुनेको संख्या दुई हजार ३६५ पुगेकोे छ । यो वर्ष डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।
वाग्मती प्रदेशमा सबैभन्दा धेरै ७४७ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २८७ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६, तनहुँमा ११० जनामा देखिएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संखया १०० भन्दा कम छ ।
प्रतिक्रिया