Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज शपथ लिँदै


सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिँदै छन् ।

दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले आज अपराह्न ४ बजेपछि शपथ ग्रहण गर्ने तयारी रहेको छ । सुदूरपश्चिममा आजै मन्त्रिपरिषदलाई पनि पूर्णता दिने तयारी छ ।

मुख्यमन्त्रीको सपथलगत्तै मन्त्रीहरूलाई पनि शपथ ग्रहण गराउने तयारी रहेको नेताहरुले बताएका छन् ।

सात सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिनेगरी भागबन्डा टुंगिएको छ ।