काठमाडौँ— लुम्बिनीको पहाडी जिल्ला रोल्पामा पहिरोले घर पुरिएर बेपत्ता दुई जनाको शव भेटिएको छ । पहिरोले पुरिएर बेपत्ता भएका ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी माया सुनारको शव फेला परेको हो ।
शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामीडाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको थियो । पहिरो पन्छाउने क्रममा उनीहरुको शव फेला परेको रोल्पाका प्रहरी प्रमुख डीएसपी भरत लामाले बताए। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो ।
प्रतिक्रिया