नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
संसदीय दलका नेता राजेन्द्र सिंह रावलको नेतृत्वमा धनगढीमा आज बसेको दलको बैठकले सोडारीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
नेकपा एमालले आफ्ना सांसदलाई संसद बैठकमा अनिवार्य उपस्थित भएर तटस्थ नबसी सोडारीको विपक्ष मतदान गर्न आग्रह गरेको छ ।
एकिकृत समाजबादीबाट मुख्यमन्त्री नियूक्त भएका सोडारीले आज विश्वासको मत लिदैं छन् ।
प्रतिक्रिया