काठमाडौँ— तीव्र आलोचनापछि कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै सञ्चालन गरिएको चर्च भत्काइएको छ ।
आज नगर प्रहरीको टोलीले धनगढी उपमहानगरपालिका– ७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले बनाएको भवन भत्काएको हो । नक्सा पास नगरी भवन बनाइएको पाइएपछि भत्काइको मेयर गोपाल हमालले जानकारी दिनुभएको छ ।
वडा कार्यालयबाट अस्पताल बनाउने भन्दै इजाजत लिएको भवनमा ‘भजन मण्डली’ चलेपछि स्थानीयहरु आक्रोशित बनेका थिए । उनीहरुले उपमहानगरमा उजुरी पनि हालेका थिए । संगती गराउने लेट मेइन धनगढी प्रालिलाई महानगरले २४ घण्टा भित्र लिखित जवाफ दिन पत्र पनि काटेको थियो । तर, जवाफ नआएपछि भवनमा डोजर चलाइएको हो ।
गत हप्ता मात्रै प्रहरीले सोही चर्चका तीन जनालाई पक्राउ गरेको थियो । अस्पतालमा चर्च सञ्चालन गरिएको भन्दे स्थानीयहरुले आपत्ति जनाएपछि कुटपिटमा उत्रिएका उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नीरिक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया