काठमाडौँ— प्रशासनविद् एवं समाजसेवी हीरामणि र सीता घिमिरेले खाँदबारीस्थित बालबिकास समाजलाई एक करोड सहयोग प्रदान गरेका छन् ।
संखुवासभा–काठमाडौं जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गरेको उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गरे ।
त्यस अवसरमा अध्यक्ष घिमिरेले खाँदबारी बालविकास समाजका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारलगायत समग्र व्यक्तित्व विकासमा उक्त रकमलाई खर्च गरिने बताए ।
कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, पूर्वमुख्यसचिव डा विमल कोइराला, पूर्वसचिव सुशील जंगबहादुर राणा, दिनेशकुमार घिमिरे, काठमाडौं महानगरपालिका वडा नं ४ का वडा सदस्य नवीन मैनालीलगायत उपस्थित थिए ।
प्रतिक्रिया