देश

नेप्से परिसूचक बढेसंगै सर्किट ब्रेक


काठमाडौँ— धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक दोस्रोपटक सर्किट ब्रेक लागेको छ । पहिलोपटक बजार खुलेको १ मिनेटमा चार प्रतिशत बजार बढेर २० मिनेटक लागि बन्द भएको थियो ।

पहिलोपटक सर्किट ब्रेक लागेपछि खुलेको एक मिनेटमा नै बजार पुनः सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द भएको छ ।

११ बजेर २२ मिनेट जाँदा बजार १२९.०७ अंकले बढेको हो । उक्त अवधिमा २२१ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र चार प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्छ ।