समाचार

डा. मनोज कुमार झाको खुला पत्र


धर्मो रक्षति रक्षितस्
राष्ट्रो रक्षति रक्षितस् ।।

विद्वान, बुद्धिमान, विद्वत यी सब अलग-अलग कुरा हुन् है !
बिरोधका लागि बिरोध गरेर भाइरल हुनकै लागि मनोगत रोगले ग्रस्त आत्मरतिमा रमाउने र काल्पनिक लोकप्रियता कै लागि स्वाँठ जस्तै कुतर्क गरेर बस्नेलाई के नै भन्न सकिन्छ र ?
समय (काल) बलवान् हुन्छ र समय (काल) ले कसैलाई बक्सदैन एकदम निर्मम हुन्छ भन्ने तथ्य सबैले आत्मसात गरेकै बेस ।
‘आफैले आफुलाई नै नङ्गयाउँदै आफैले ताली पडकाउँदै रमाउने प्रवृत्तिू जुन देखिदैछ त्यसलाई नै’ मेन्टलफोबियाू भनिन्छ ।

अहिले बाजारमा विभिन्न माध्यमको प्रयोग गर्दै श्री पशुपति विराट कोटीहोम महायज्ञ एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ -२०८१ को कु-तार्किक बिरोध गर्ने हरु को को कुन स्वार्थमा विरोध गरिरहेका छन् ति सबैको हिसाबकिताब अवस्य पनि राष्ट्रिय आराध्यदेव श्री पशुपतिनाथले राखेको हुनुपर्छ !
हामी त आफ्नो सम्पूर्ण ध्यान शक्ति सामर्थ्य कोटिहोम महायज्ञमा केन्दृत गरेका छौं !

हेक्का रहोस्,
‘भोलि सामुने पर्दा मुख देखाउन समेत लाज लाग्न सक्ने वातावरण आफैले निर्माण नगरौं !
इतिहास एकदमै निर्मम हुन्छ भने तथ्यलाई कोहि कसैले बिर्सिने भुल नगरेकै बेस ,
तपाई के गर्दै हुनुहुन्छ र तपाइले गरिरहेको कार्यले देश, समाज, संस्कार, संस्कृति, सभ्यता लाई के कति सकारात्मक वा नकारात्मक फरक पारिरहेको छ, त्यसको हेक्का हामी सबैले राख्नै पर्ने हुन्छ ,
क्षणिक ब्यक्तिगत स्वार्थ, प्रलोभन, प्रभाव, दबाब, सनक, सस्तो ( मनोगत ( आत्मरतिका लागि गरिएको कार्यले पक्कै पनि तपाई र तपाईका सन्तति तथा समाजलाई भलो गर्ने छैन होला ,
भाइरल हुने भाइरस ले ग्रस्त मनोगतवादिता बाट माथी उठौं र मानवतावादलाई स्वीकार गरौं ,
साउनको ३२ पछि पनि तपाई, म र हामी यहि देश, समाज मा रहने बस्ने होला नि है, त्यो पनि हेक्का रहोस् !’
पाप र पुण्य तथा धर्म र अधर्मका ब्याख्यान गर्दै हिडेका ती स्वघोषित महामानवहरुको यो देश, समाज र वैदिक सनातन धर्म, संस्कृति, परम्पराको जगेर्ना तथा संरक्षणमा के कति योगदान छ त्यो कुरा कोहि कसैबाट छुपेको लुकेको छैन, त्यो पनि हेक्का रहोस्

खोतल्दै जाने हो भने सायद कोहि बाँकी रहदैन्न होला
यो जुट्ने समय हो, फुट्ने र फुटाउने समय बिल्कुलै होइन है
भनिन्छ नि, संघे शक्ति कलियुगेू
एकता मा नै बल हुन्छ, भन्ने यथार्थ कसैले नभुलौं
आफै आफै जुधेर – फुटेर परिणाम के हुँदोरहेछ भन्ने कुराको पनि हेक्का रहोस्

तपाईले गरेका ती कुतर्क ले पहिला तपाई र तपाईको सन्ततिलाई नै बेफाइदा हुने हो, त्यो पनि हेक्का रहोस् !
यो कोटिहोम महायज्ञ राष्ट्रिय आराध्यदेव पशुपतिनाथको रेखदेख र निगरानीमा हुँदै गरेको तथ्यलाई कोहि कसैले नजरअन्दाज गर्ने भुल नगर्नुहोला !
त्यसैले त यो इतिहास कै दिब्य, भब्य, अलौकिक, अकल्पनीय, अविश्वसनीय, अद्भुत भनेर आज पुरा विश्वले स्वीकार गरिसकेको अवस्था छ !
भाइ फुटे, गवार लूटेू भन्ने उखानलाई भुल्ने कुचेष्टा कोहि कसैबाट नहोस् , त्यो नै बुद्धिमानी हुनेछ
छद्मभेषी दुस्मन शक्तिू को दुरगामी षडयन्त्रलाई सबैले बुझ्ने र त्यसलाई एकजुट भएर पछार्ने कोसिस गरौं न कि ती दुस्मन शक्तिलाई बल पुर्याउने भगिरथ प्रयत्न
लेख्न र भन्न त थुप्रै कुराहरु छन् तर समय अभावको कारण अन्त्यमा यति मात्र भन्छु कि,
ऐनाको अगाडि उभिएर आफ्नै छातीमा हात राखेर आफ्नै सखा-सन्तानको कसम खाएर आफैलाई सोध्नुस् त, के तपाईले गरिरहेको विरोध ठिक छ त ?, तपाईका ती विरोधका स्वरले कसलाई फाइदा पुर्याइरहेको छ त ?, तपाई कसका निम्ति के गर्दै हुनुहुन्छ ? के नेपालीत्व र नेपालीपना बचाउने र त्यसको जगेर्ना – संरक्षण -संवर्द्धन – प्रवर्द्धन गर्ने दायित्व तपाईको होइन ?, मामाको घर अनाथ आश्रम र छोरीको घर बृद्धा-आश्रममा रहेका ती अनाथ – असहाय आमाबुबा – बच्चाहरु प्रती तपाईको केही दायित्व छैन त ?

बालयोगेश्वर विजय कृष्णमुर्ती जी महाराज को थिए र को हुन, उनी कहाँका हुन् , उनि को थिए, के -के गरे, यी र यस्ता ब्यक्तिगत नकारात्मक संकिर्ण सोंच-भावना-प्रश्नहरुको गोलचक्रमा रमाउने र समय खेर फाल्ने समय होइन यो । उनको भुत सँग मलाई मतलब छैन मलाई त उनको वर्तमान सँग मतलब छ र उनले देखेको र देखाएको भविष्य सँग मात्र मतलब छ, त्यसैले निशर्त- निस्वार्थ सहयोग समर्थन सहकार्यमा छु र तपाई सबैलाई सहयोग समर्थन सहकार्यका लागि सादर अपील पनि गर्दछु ।

रत्नाकार लाई त हामी परम पुज्य परम वन्दनीय मात्रै होइन कि भगवान नै मानेर “वाल्मीकि” को रुपमा पुजा गर्दछौं !
उनैले लेखेका रामायण लाई वाचन मात्र गर्दैनौं कि बैज्ञानिक रुपमै प्रमाणीकरण समेत भइसकेको अवस्था छ ।

श्रीमद्भागवत गीता लाई आत्मसात गरौं !
म ब्यक्तिगत रुपमा, श्रीमद्भागवत गीता को अध्याय २ को श्लोक ४७ मा विश्वास गर्ने ब्यक्ति हो, है !
“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥ ४७ ॥”

।। सबैलाई चेतना भया ।।
राष्ट्रिय आराध्यदेव श्री पशुपतिनाथले सबैलाई सद्भुद्धि प्रदान गरुन् ।।

डा. मनोज कुमार झा
डा. मनोज मुक्ति “विवेक”
राष्ट्रिय संयोजक
राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान