बिजनेस

सामसङले फ्यानकालागि नेपालीओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु गर्यो


काठमाडौँ— सामसङ, इलेक्ट्रोनिक्समा विश्वव्यापी अग्रणी कम्पनीले ओलम्पिक विन्टर गेम्स् नागानो १९९८ देखि रहेको ओलम्पिकसँगको वायरलेस सञ्चार उपकरण वर्गमा आधिकारिक विश्वव्यापी साझेदारको परम्परालाई गर्वका साथजारी राखेको छ। यसपाली ग्यालेक्सी एआईद्वारा सञ्चालित नवीन प्रविधिमार्फत, पेरिस २०२४ ओलम्पिकसँगको सहकार्यमा, सामसङले खेलाडीहरू र फ्यानहरू बिचको सम्बन्ध बढाउन समर्पित छ।

नेपाली खेलाडीलाई समर्थन
नेपाली ओलम्पिक खेलाडीहरूलाई समर्थन देखाउँदै, सामसङ नेपालले आफ्ना मन पर्ने ओलम्पिक खेलाडीहरूसँग जनतालाई जोड्न समर्पित नयाँ वेबसाइट सुरु गरेको छ। यस प्लेटफर्मले पेरिस २०२४ ओलम्पिकको आफ्नो गौरभ जित्ने यात्रामा रहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहितगर्ने प्रयासमा खेलकुद प्रशंसकहरू र शुभचिन्तकहरू बाट व्यक्तिगत सन्देशहरू पठाउने सेवा सामसङद्वारा यस वेबसाइटबाट प्रदान गरेको छ। आफ्नो मन पर्ने खेलाडीलाई आफ्नो टेक्स्ट मेसेज पठाउन तपाईँले मात्र यो वेबपेजमागएर त्यहाँआफूलाई मन परेको खेलाडीलाई छानी आफ्नो सन्देश र नाम टाइप गरी पठाउन सक्नुहुनेछ। यी सन्देश खेलाडीहरूले पेरिस २०२४ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जानु अघि उनीहरूलाई पढ्नको लागिउपलब्ध गराइनेछ।

पेरिस २०२४ ओलम्पिकको लागि संसार भेलाहुँदै गर्दा, सामसङले यस ऐतिहासिक कार्यक्रमको हिस्सा बन्न सबैलाई आमन्त्रित गर्दछ । खेलाडीहरूको उपलब्धिहरूलाई मान्यतादिन र खेलको एकीकृत गर्ने शक्तिमार्फत नवीनतम प्राविधिक आविष्कारहरू अन्वेषण गर्न सामसङसँग सामेल हुनुहोस् ।

विश्वमञ्चमा उत्कृष्टताका लागिप्रयासरत नेपाली खेलाडीहरूलाई आफ्नो विशेष समर्थनको सन्देश पठाउन www.samsungplaza.com.np/olympicsमा जानुहोस्। तपाईँका प्रोत्साहनका शब्दहरूले विश्वको सबैभन्दा ठुलो खेलकुद प्रतियोगितामा हाम्रो राष्ट्रको प्रतिनिधित्व गर्न लागेकाहाम्रा खेलाडीहरूको मनोबल बढाउन र उत्प्रेरित गर्न निश्चित रूपमा आफ्नो भूमिका खेल्नेछ।