Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

लुम्बिनी

चेतनारायण आचार्यद्धारा लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस


बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन् ।

सोमबार आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

केन्द्रीय सहमति अनुसार नेपाली कांग्रेस र एमालेका गरी ५६ सांसदको हस्ताक्षरसहित आचार्यले दाबी पेस गरेका छन् । बहुमतका लागि कम्तीमा ४४ जना सांसदको समर्थन आवश्यक हुन्छ ।