खेलकुद

वाइवाइले क्यानलाई गर्यो १० लाख प्रोत्साहन रकम हस्तान्तरण


काठमाडौँ— चौधरी गु्रप मातहतको सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइ वाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप वाइवाइले सो रकम हस्तान्तरण गरेको हो ।

विश्वकप सुरुहुनअघि शतक प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख, प्रत्येक जितमा एक लाख ५० हजार र अर्धशतक प्रहार गर्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने वाइवाइले घोषणा गरेको थियो ।
यस्तै प्रत्येक विकेटमा १५ हजार, हरेक छक्कामा १२ हजार, हरेक चौका ८ हजार र हरेक रनमा एक हजार रुपैयाँ वाइवाइले प्रदान गर्ने उल्लेख गरेको थियो । विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरूको २ लाख १६ हजार, छक्काहरूको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरी हस्तान्तरण गरेको हो । सो अवसरमा क्यानका सचिव पारस खड्काले चौधरी ग्रुपले जगैदखि क्यानलाई गर्दै आएको योगदान उच्च रहेको बताए ।