Breaking

सेयर बजार २६ महिनाकै उच्च अंकमा, कारोबार रकम पनि बढ्यो


काठमाडौं, आइतबार सेयर बजार करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७ मा कायम भएको छ । बजार बन्द हुँदाको यो अंक ४ जेठ २०७९ यताकै उच्चतम हो । बुलको चरणबाट बजार घट्दै गर्दा सो दिन नेप्से परिसूचक २२७५ अंकमा थियो ।

आज कारोबार भइरहँदा (इन्ट्राडे)मा भने नेप्से परिसूचक २८ वैशाख २०७९ यताकै उच्च अंकमा पुगेको थियो । २०१ कम्पनीको मूल्य बढ्दा ३६ को घटेको छ भने ५ को स्थिर रहेको छ । यस दिन पनि बैंकिङ समूहले नै नेप्सेलाई उचालेको छ ।

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई करोड ४७ लाख कित्ता शेयर सात अर्ब ६२ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै जानकी फाइनान्सको २४ करोड २७ लाख रुपैयाँको शेयर खरिद÷बिक्री भएको छ ।